धादिङ ०२ असोज
संविधान दिवसको पूर्व सन्ध्यामा भएको वक्तृत्वकला प्रतियोगितामा धादिङ आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा सञ्जना थापा प्रथम भएकी छिन् । संविधान दिवस तथा राष्टिय दिवस हर्षोल्लासका साथ मनाऔं , घर घरमा राष्ट्रिय झण्डा फहराऔँ घर घरमा दिपावली गरौँ भन्ने मुल नाराका साथ शिक्षा विकास तथा समन्वय इकाई धादिङ र संविधान दिवस २०७६ जिल्ला स्तरीय मूल समारोह समिति धादिङले बिहिबार धादिङबेसीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।
नेपालको संविधान २०७२ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा धादिङ आवासीय माध्यमिक विद्यालयकी सन्जना थापा प्रथम, एडभान्स एकेडेमी धादिङकी कविता नेपाली द्धितीय, चिल्डे«नपार्क आवासीय माध्यमिक विद्यालय धादिङकी दिपा ठकुरी तृतीय र शंखादेवी माध्यमिक विद्यालय ज्यामरुङकी समीक्षा वि.क सान्त्वना भएकी छिन् । नीलकण्ठ नरपालिका धादिङका उप मेयर मनराज भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख तथा मूल समारोह समिति धादिङका अध्यक्ष जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस