२६ जेठ २०८०
धादिङ जिल्ला खनियाबास गाउँपालिका वडा नं. १ अन्तर्गत रहेको शिंगला देवि माध्यमिक बिद्यालयमा सदनस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। सहायक प्रधानाध्यापक सुनिल कुमार शाहको अध्यक्षतामा भएको हाजिरीजवाफ प्रतियोगितामा कञ्चनजंगा सदन प्रथम भएको छ ।
त्यस्तै सगरमाथा सदन द्वितिय, गणेश हिमाल सदन तृतिया र माछापुच्छ्रे सदन सान्त्वना भएको बिद्यालयका लेखापाल प्रकाश तामाङले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि सारिक गराई सर्वङ्गिण पक्षको बिकास गर्ने उद्देश्यका साथ हाजिरी जवाफको आयोजना गरिएको तामाङले बताउनुभयो ।
बालमैत्री सिकाई अनुरुप शिक्षण सिकाई गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । यसरी साताको एक दिन अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराई शिक्षण गर्दा उनीहरुले पढाईमा रुचि र चासो राख्ने गरेको पाइएको शिक्षक समित तामाङले बताउनुभयो ।
कक्षा ६–१० कक्षासम्मको विद्यार्थीहरु सहभागी हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यार्थीहरुमा प्रथम हुने सदन कञ्चनजंगा सदनमा सुबिन्दा तामाङ, मनाकमाना तामाङ, अनुस तामाङ, सरिना तामाङ र प्रेमिका तामाङ द्वितिय, हुने सगरमाथा सदनममा रुपा तामाङ ,रन्जना तामाङ, केशब तामाङ प्रदीप तामाङ र जोएल तामाङ , तृतिया गणेश हिमाल सदनमा सुन्दर तामाङ, ममता तामाङ, बिमल तामाङ जेनीफर तामाङ र रितु तामाङ र सान्त्वना भएको माछापुच्छ्रे सदनमा सुरज तामाङ, आइती तामाङ, बिनिशा तामाङ, प्रोमिता तामाङ र रोशिम तामाङ गरी जम्मा २० जना विद्यार्थीहरु सहभागी भएका थिए ।
कार्यक्रमकै अवसरमा सांस्कृतिक कार्यक्रम भएको थियो । कक्षा ४–१० कक्षासम्म विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस