धादिङ २६ जेष्ठ
नेपाल प्रेस युनियन धादिङकोे अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएको छ ।
विहीबार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका सल्यान्टारमा भएको जिल्ला शाखाको नवौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
जसमा कार्यसमितिको उपाध्यक्ष(खुल्ला)मा सन्तोष अधिकारी, उपाध्यक्ष(समावेशी)मा बिनु सिंखडा, सचिवमा मनिश श्रेष्ठ, सहसचिवमा सुशिला विश्वकर्मा, कोषाध्यक्षमा सितल सापकोटा चयन भएको छ ।
सदस्यहरुमा भने सन्जु श्रेष्ठ, दिलिप श्रेष्ठ, अनिश तामाङ, पुरुषोत्तम ढुङ्गाना, अनिल आचार्य चयन भएको हो ।
निवर्तमान जिल्ला अध्यक्ष पोषनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघिय सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यता तथा धादिङ क्षेत्र नं २ का संघिय सांसद रामनाथ अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस