धादिङ २४ जेष्ठ
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा खानेपानी शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि वडा नम्बर १ र २ का‘च्यात्र लवाङ मासखर्क धुसेनी खानेपानी आयोजना’को गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)को प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थपलियाले वेनीघाट रोराङ गाउँपालिकालाई एक घर एक धाराको अवधारण आगमी बर्षमा पुरा गर्ने बताउनुभयो । खानेपानी आयोजनालाई बहुवर्षे योजना बनाएर घण्टौँ सम्म पैदाल गरि पानी पीउनुपर्ने दुःख लाई हटाई दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आगमी आर्थिक वर्ष २०८०÷०८१ को नीती तथा कार्यक्रममा विद्युत लाईन विस्तार,शिक्षामा गुणात्मक सुधार हुने कार्यक्रम,खानेपानी भौतिक पुर्वधार बिकास,पर्यटन क्षेत्रको विकास,युवा स्वरोजगार कार्यक्रम,कृषि क्षेत्रलाई प्राथमिकता,उद्यमशील र उत्पादनमा जोड दिने कार्यक्रमहरु समेटीने बताउनुभयो ।
वडा नम्बर १ र २ को करिव ४ सय २० घरधुरी लाभाम्वित् हुने खानेपानी आयोजना बागमती प्रदेश सरकारको ६० लाख लागतमा निर्माणकार्य सुरुहुने भएको वडा अध्यक्ष जीवन सिं तामाङले बताउनुभयो । त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष हेमराज भुजेलले दुई वटा वडाकै अध्यक्षको निगारानीमा योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा वडा नम्बर १ र २ का वडा अध्यक्ष,खानेपानी विभागका प्रमुख,वडा नम्बर १ का वडा सचिव लगायतका स्थानीय उपभोक्तहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस