धादिङ ३१ भाद्र
बिप्लब नेतृत्वको नेकपा धादिङका सेक्रेटरी बुद्ध गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । शिद्धालेक गाउँ पालिका वडा नं. ५ का स्थायी बासिन्द गुरुङलाई मङ्गलबार बिहान धुनिबेशी नगर पालिका वडा नं. ९ पिपलामोड स्थित पृथ्वी राजमार्गबाट प्रहरीले पक्राउ गरेको हो । गुरुङलाई धादिङ बाट काठमाण्डौ तर्फ जादै गरेको गाडीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको हो । पक्राउ परेका गुरुङलाई थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिनुभयो । प्रहरीले गुरुङ बिस्फोटक पदार्थ र सङ्गठित अपराधमा सङ्लग्न रहको जनाएको छ । गुरुङको नेतृत्वमा कालुपाण्डे राजमार्गमा बम राखेको, शिद्धालेक गाउँ पालिका ६ कुम्पुर र थाक्रे गाउँ पालिका वडा नं. ३ चौफाटा र वडा नं. ११ मान्खुमा रहेको एनसेलको टावर जलाउने जस्ता आपराधिक क्रियाकलाप गराइएकाले गुरुङलाई पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस