२४ गते २०८०
जुगेडी खाद्य अधिकार प्रभावित समुहद्धरा बुधबार जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । धुनिबेसि नगरपालिका वडा न ९मा रहेको युनाइटेड सिमेन्ट उद्योगबाट वडा न ९ अन्तरगत रहेको २३० घरपरिवारलाई परेको स्थानीयहरुको गुनासो रहेको छन। राजधानी काठमाडौलाई जोड्ने पहिलो राजमार्ग त्रिभुवन राजपथको छेउमा जुगेडी रहेको छ ।
जुगेडी जिल्लाकै पहिलो तरकारी पकेट क्षेत्र हो । बुधबार एक कार्यक्रमका साथ नगरपालिकाका स्थानीयहरु प्रशासन कार्यलयमा आई प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ गैह्रेलाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराएका छ ।जुगेडी खाद्य अधिकार प्रभावित समुहको संयोजक रमा राईका अनुसार युनाइटेड उद्योग संचालनमा आएपछी स्थानीयहरु प्रभावित परेको गुनासो व्यक्त गरेका छन ।
विशेष गरि राई जाती बहुलियता रहेको वडामा उद्योगबाट निस्कने फोहोर बस्तुबाट वायु प्रदुषण, खेतीयोग्य जमिनमा ह्रास उत्पन्न हुने, मानिसको स्वास्थमा प्रत्यक्ष असर, जनावरहरु पनि विभिन्न प्रकारको समस्यहरु उत्पन्न हुने गरेको गुनासो व्यक्त गरेका छन । त्यहाँका स्थानीयहरुको जिविकोपार्जनको केन्द्र नै कृषि भएको हुनाले पछिल्लो समय उद्योगबाट निस्केको धुवाँधुलोको कारण उत्पादनमा कमि आउनुको साथै उत्पादन भएको तरकारी बजारमा बिक्रि योग्य नभएको स्थानीयहरु बताउनुहुन्छ ।
ज्ञापनपत्रमा सिमेन्ट उद्योगबाट निकस्ने धुवाँधुलो पुर्ण रूपमा बन्दा गर्नुपर्ने, मुख्य राजमार्ग देखि उद्योग सम्म आउने सडक चौडा, पक्की ढलान वा कालो पत्र गर्नुपर्ने , कृषि बिमा गरिनुपर्ने, स्थानीय समुदायका सबै सदस्यको पुर्ण स्वास्थ बिमा गरिदिनुपर्ने , स्थानीय महिलाहरुलाई हस्तकला सीप सम्बन्धि तालिम संचालन गरि ब्यावसायिक बनाउनु पर्ने, उद्योग खोल्दा स्थानीयहरुलाई दिएको आश्वासन एक घर एक रोजगार कार्यान्वयन गर्नुपर्ने , बाताबरणिय प्रभाव मुल्यांकन प्रतिवेदन बिषयमा नगरपालिका, उद्योग ब्यवस्थापन पक्ष र समुदायका प्रतिनिधि छलफल हुनुपर्ने स्थानीयहरुले माग राखेका छन ।
प्रतिक्रिया दिनुहोस