बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आदेशमा जिल्ला प्रहरी कार्यालय धादिङले रुबीभ्याली गाउँपालिकामा २४ दिने आधारभुत तालिम समापन भएको छ । गाउँपालिका अध्यक्ष राम सिंह तामाङको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
तालिममा २ जना महिला प्रशिक्षार्थी सहित गाउँ प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान ७ जना गरी जम्मा ९ जना गाउँ प्रहरीहरु सहभागी रहेको गाँउपालिका अध्यक्ष राम सिं तामाङले जानकारी दिनुभयो ।
बैशाख २६ बाट सुरुभएको उक्त तालिम आज एक कार्यक्रमका बीच समापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाकरी दिनुभयो । समापन कार्यक्रममा रुवीभ्याली गाउँपालिका अध्यक्ष राम सिंह तामाङ र जिल्ला प्रहारी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहारी.उपरीक्षक गौतम मिश्रले सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
रुबीभ्याली गाउँपालिकाले पदमार्ग भएर आउने पर्यटकको सुरक्षा, चोरी निकासी रोक थाम, वन जंगल सुरक्षालाई मध्यनजर गर्दै फागुनमा गाउँ प्रहरीको भर्ना गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस