हर्क योञ्जन तामाङ
समृद्ध नीलकण्ठ नगरको आधार , कृषि पर्यटन उद्यमशिलता सहितको पुर्वधार भन्ने मुल नाराका साथ जनप्रतिनिधि क्षमता अभिबृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाका कार्यवाहक नगर प्रमुख दिपक बिश्वकर्माको अध्यक्षतामामा समापन भएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र वरिष्ठ संविधान विद तथा प्रशासनविज्ञ काशीराज दाहाल र स्थानीय शासन विज्ञ बिष्णुदत्त गौतमको सहभागितामा समापन भएको हो । नगरपालिकाको आयोजनामा जेष्ठ २२ र २३ गते जनप्रतिनिधिहरुको क्षमता बिकास तालीम कार्यक्रम संचालन गरिएको हो ।दुई दिने कार्यक्रममा १४ वटै वडाभरिका जनप्रतिनिधिहरु तथा कार्यपालिका सदस्यहरुको सहभागीतामा रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यवाहक नगरप्रमुख दिपक विश्वकर्माले स्थानीय सरकारले गरेका कामहरुलाई पारदर्शी रूपमा अगाडी बढाउनको लागि दुई दिने तालिमले पृष्ठपोषण मिलेको बताउनुभयो ।
तालीमबाट स्थानीय सरकार संचालनको बारेमा प्रशिक्षण गरि महत्त्वपूर्ण योगदान पुर्याउने संविधान विद काशीराम दाहाललाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभएको थियो । देशमा संघियता आए पश्चात हरेक नागरिकले आफ्नो अधिकार सुनिश्चित गर्ने अवसर पाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्थानीय प्रशासन विज्ञ बिष्णुदत्त गौतमले कार्यपत्र सहित विभिन्न बिषयवस्तुको प्रस्तुत गर्नुभएको थियो । स्थानीय सरकार कसरी संचालन गर्ने , संविधानमा के कस्तो ब्यवस्थ रहेको छ । स्थानीय सरकार संचालन एन २०७५ को बारेमा सहभागी कार्यवाहक प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुलाई प्रशिक्षण गराउनुभएको थियो ।
आर्थिक बर्ष २०८०÷८१ मा नगरपालिकाले के कस्ता निति तथा कार्यक्रमहरु ल्याउने भन्ने सम्बन्धमा छलफल गरिएको थियो । छलफलबाट आएको बिषयहरु आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम समाबेश गर्नको लागि समृद्ध नगरपालिका बनाउनको लागि जनप्रतिनिधि प्रतिबद्धता बिधेयक पारित गरिएको थियो । प्रतिबद्धता पत्र १७ बुदामा समाबेश गरिएको छन ।
प्रतिक्रिया दिनुहोस