धादिङ २३ जेठ
हर्क योन्जन तामाङ
धादिङको खनियाबस गाउँपालिका वडा नं. १ मा रहेको शिंगला देवी माध्यमिक विद्यालयमा शैक्षिक अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई धादिङको निमित्त इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठ र राष्ट्रिय भाषा संरक्षण संस्थाको एम एल इ प्रोजेक्ट कोडिनेटर दिपक तामाङले अनुगमन गरिएको हो ।
१ दिने शैक्षिक अनुगमन कार्यक्रममा विद्यालयका समग्र शैक्षिक गतिविधिको बारेमा अनुगमन गरिएको बिद्यालयमा कार्यरत लेखापाल तथा शिक्षक प्रकाश तामाङ जानकारी दिनुभयो ।
बिशेष गरि राष्ट्रिय भाषा तामाङ संरक्षण संस्थाको तर्फबाट कार्यक्रम संयोजक दिपक तामाङले सहजीकरण गर्नुभएको थियो । बिगत ५ बर्षदेखि तामाङ भाषाबाट पठनपाठन भैरहेको यस विद्यालयमा अधिकंश विद्यार्थीहरु तामाङ रहेका छन ।
राष्ट्रिय भाषा संरक्षण केन्द्र नेपालको आर्थिक सहयोगमा कक्षा १– ३ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुलाई अध्यापन गराउदै आइरहेका छन । संस्थाले एक जना कर्मचारी शिक्षक नै राखेर तामाङ भाषाको शिक्षण कार्य गरिरहेका छन ।
संस्थाका कोडिनेटर दिपक तामाङका अनुसार उत्तरी धादिङको प्रयः जसो बिद्यालयहरुमा संस्थाको काम सुरु भैसकेको बताए छ । साथै उत्तरी धादिङका अभिभावकहरुले यस प्रकारको शिक्षण सिकाई कार्यले तामाङ भाषा मात्र नभइकन अङ्ग्रेजी भाषा सिक्ने अवसर समेत पाएको बताइएका छन ।
अनुगमन कार्यक्रमले शिंगलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका पढाई तथा लेखाईको अवस्थ के कस्तो छन ?राम्रो पक्षहरु के के छन ?सुधार गर्नुपर्ने कुराहरु के के रहेका छन ?बालमैत्री अनुसार सिकाई भैरहेको छ कि छैन भन्ने सन्दर्भमा अनुगमन गरेको तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस