धादिङ ११ जेठ
धेरै मानिसहरूले तौल घटाउन चिनीरहित मिठाई (सुगर फ्री स्वीटनर) प्रयोग गर्ने गर्दछन् । यो मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।
संगठनले शरीरको तौल नियन्त्रण गर्न वा नसर्ने रोगको जोखिम कम गर्न चिनीरहित मिठाईको प्रयोग नगर्न चेतावनी दिएको छ । चिनीरहित मिठाईको प्रयोगले वयस्क वा बच्चाहरूमा शरीरको तौल घटाउनका लागि कुनै फाइदा नगरेको प्रमाणका समीक्षा गर्दै संगठनले यस्तो जानकारी दिएको हो ।
चिनीरहित मिठाईको दीर्घकालीन प्रयोगले खानपान र जीवनशैलीका कारण हुने मधुमेह, मुटु रोग र वयस्कहरूमा मृत्युदरको जोखिम बढेको पाइएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को भनाइ छ ।
प्रतिक्रिया दिनुहोस