धादिङ ११ जेठ
जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु गरेको छ ।
बिहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई दोहोरो निवेदन लेख्ने झन्झट हुन नदिन, निवेदन लेखाउन थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाउन स्थानीय तहका वडा कार्यालयहरुबाट सिफारिस भई आएका विषयमा थप निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य गर्न नयाँ सेवा सुचारु गरिएको हो ।
वडाको सिफारिस भएका विषयमा निवेदन लेखिरहनु नपर्ने भएपनि त्यसका लागि आवश्यक कागजात भने अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस