धादिङ ११ जेठ
राष्ट्रिय मानवअधिकार सामाजिक न्याय मञ्च धादिङले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ ।
बिहिबार मानवअधिकार एलाइन्स धादिङले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । एलाइन्स धादिङका अध्यक्ष विनोद रिजालको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने काममा सरकारका केही उच्च पदस्थ कर्मचारीहरु, पुर्व मन्त्रीहरु लगायत संलग्न भएको र मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरुको दुरुपयोगप्रति मानव अधिकार एलाइन्सको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा भनिएको छ ।
नीति निर्माता र राज्य सन्चालकहरु नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुन भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनितिक दलहरु र कानुनी शासन प्रति अविश्वास सृजना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पुयाउने विषय भएकाले यस्ता अपराधिक घटनाहरु कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गरी दोषीमाथी कडा कारवाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस