धादिङ ९ जेठ
जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
मंगलबार धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ को आयोजना, नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय र गैसस महासंघ धादिङको सहयोगमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि जिल्ला प्रशासन कार्यालयमा बिभिन्न स्थानबाट सेवा लिन आउने सेवाग्राहीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सुगर, प्रेसर, पिसाव परिक्षण गर्नुका साथै स्वास्थ्य परामर्श दिईएको शिविरमा खटिएका स्वास्थ्यकर्मीको भनाई छ ।
जेठ १ गतेदेखी जारी शिविरमा ३ हजार बढिको स्वास्थ्य परिक्षण गरिसकिएको छ । वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागार र बिभिन्न टोलहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । उक्त शिविर बुधबार सम्म संञ्चालन हुने आयोजकले जनाएको छ ।
तस्वीर – बागमती कलम
प्रतिक्रिया दिनुहोस