धादिङ ९ जेठ
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ ले बार्षिक समिक्षा तथा सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम संञ्चालन गरेको छ ।
धुनिवेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले आफू निर्वाचित भएको एक वर्ष पुगेको अबसरमा समिक्षा तथा सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम गरेको वडा कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७९⁄०८० को श्रावण देखि बैशाख मसान्त सम्म सम्पन्न भएको प्रगति विवरण प्रस्तुत गरि समिक्षा तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताउनुभयो ।
वडा कार्यालयबाट श्रावण १ गते देखि बैशाख मसान्त सिफारीस, व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा भत्ता, आन्तरीक राजश्व असुली, व्यवसाय दर्ता र विभिन्न योजनाहरुको प्रगति विवरण सार्वजनिक गरेको थियो । अध्यक्ष आचर्यले वडा कार्यलयबाट सञ्चालन हुने ३१ वटा योजनाहरुमा १४ वटा योजनाहरुको कार्य सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिका उपप्रमुख सुरज उप्रती,प्रमुख प्रशासकिय अधिकृत अच्युत राज रेग्मी, कार्यपालिका सदस्यहरु,जिल्ला सहकारी संघ धादिङ अध्यक्ष रामचन्द्र आचार्य,नेकपा माओवादी केन्द्र धुनिवेशीका अध्यक्ष राजकुमार पाठक, नेपाली काँग्रेस,नेकपा एमाले, नेकपा एकीकृत समावादीका प्रतिनिधी, समाजसेवीहरु,वडावासी नागरिकहरुको सहभागिता रहेको थियो ।
सहभागी सबै प्रतिनिधीहरुले आगामी यात्राबारे सल्लाह,सुझाब सहित शुभकामना प्रदान गरिएको अध्यक्ष आचर्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस