गोरखा १६ बैशाख
कृष्ण बहादुर लामिछाने
वरिष्ठ संवादाता
गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बरं १० अन्तरर्गत जनतासंग जनप्रतिनिधि घुम्ति सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।
शिविरमा वडा अध्यक्ष सन्जित श्रेष्ठ वडा सदस्यहरु केशरनाथ भट्ट, बिनिता खड्का बराम, बालकृष्ण लामिछाने, गममाँया सुनार तथा वडाका कर्मचारिहरु सरिता बराम, मिनु पुलामि मगर सहित उल्लेख्य स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा कार्यालयबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु सहित वडा बासिहरुको माग योजना,गुनासो एवं सुझाव संकलन गरि समृद्ध वडा निर्माणका लागि यो अभियानको उद्देश्य रहेको अध्यक्ष सन्जित श्रेष्ठले बताउनुभयो ।
उक्त घुम्ति सेवा बाट मालपोतकर तिरो, विभिन्न सिफारिसहरु,व्यक्तिगत घटना सहित ३७ जनाले बिविध सुविधा लिएका छन् । वडाको सिमारा टोलमा अन्तरक्रिया शिविर सञ्चालन गएिको हो ।
प्रत्येक शनिबार टोल टोलमा जनताको घर दैलोमा गएर घुम्ति सेवा सहित सुझाव संकलन गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस