धादिङ १५ बैशाख
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङमा जारी जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिताको शुक्रबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो । उहाँले खेलाडी र खेलक्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर भएर अघि बढिरहेको बताउनुभयो ।
विगतका बर्षहरुमा धादिङका खेलाडीले उत्कृष्ट प्रर्दशन गरी जिल्लाको सम्मान बढाएको भन्दै उहाँले आगमी प्रतियोगितामा खेलाडीहरुलाई उत्कृष्ट प्रर्दशन गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले खेलाडी राष्ट्रको गहना भएकाले तिनै तह सरकारले बिकास गर्नु पर्ने आवश्यक रहेको बताउनुभयो ।
बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता हेटौंडामा हुने बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङबेशीमा बैशाख १२ गतेदेखि सुरु भएको जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता शुक्रबार समापन भएको हो ।
प्रतियोगिताका लागि महिला÷पुरुष दुबैतर्फ बिभिन्न ९ बिधामा खेलाडी छनोट गरिएको धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले बताउनुुभयो ।
भलिबल, तेक्वान्दो, एथ्लेटिक्स, कँराते, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट र फुटबलका खेलाडी छनोट गरिएको हो ।
धादिङमा गत चैत्र २५ गतेदेखी धादिङ जिल्लास्तरीय खेलाडी छनौटको मिति तय भएकोमा परिषद्ले छनोट नगर्न आव्हान गरेसँगै जिल्लामा खेलाडी छनोट कार्यक्रम रोकिएको थियो । प्रदेश खेलकुद विकास परिषदले पत्राचार गरेसँगै जिल्लामा खेलाडी छनोट गरिएको तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस