धादिङ १५ बैशाख
नेकपा (माओवादी केन्द्र) धादिङको विस्तारित वैठक सम्पन्न भएको छ । शुक्रबार विहान ९ बजे जिल्ला पार्टी कार्यलयमा कार्यलयटिमको वैठकबसी पार्टी संञ्चालनबारे छलफल गरिएको थियो ।
पार्टी केन्द्रको सर्कुलर अनुसार १३ वटै स्थानीय तहरुमा जनसम्बन्ध विस्तार तथा पार्टी सुदृढीकरणको अभियानबारे समिक्षा गरि आगमी यात्रा बारे बृहत छलफल गरिएको जिल्ला संयोजक मनराज भण्डारी शैलेसले बताउनुभयो ।
त्यस्तै गरि नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज एवम् बागमति प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेलको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे जिल्ला पार्टीको विस्तारित बैठक र माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सम्मका जनप्रतिनीधिहरुलाई अभिमुखकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।
विस्तारित वैठकमा जिल्ला ईन्चार्ज शालिकराम जमरकटेलले वर्तमान राजनितीको अवस्थाले सिंगो पार्टी पंक्तिमा कुनै किसिमको असर नपर्ने बताउनुभयो । टोलदेखी पालिका कमिटीसम्म पार्टी संगठन सुदृढ बनाई जनसम्बन्ध विस्तार गर्ने महाअभियानमा सबै नेता कार्यकर्ता लागि पर्न निर्देशन गर्नुभयो ।
महान आन्दोलनसंगै मुलुकको व्यवस्था संस्थागत भएको अवस्थामा राजनिती र पार्टीको विचारसिद्धान्तलाई तोडमोड गर्न खोज्ने शक्तिहरुको परास्त गर्न सक्ने तागत नेकपा माओवादी केन्द्रले निर्माण गर्नुपर्ने बताउनुभयो ।
पार्टीलाई ससक्त जनप्रिय बनाउन जनताको माग समस्यमा जोडिरहन आग्रह गर्नुभयो । अव पार्टीभित्र असन्तुष्टि गरेर बस्ने बेला गएको बताउदै स्वयम व्यक्ति सच्चिएर पार्टी संगठन चुस्त दूरुस्त बनाउनुपर्ने तर्क व्यक्त गर्नुभयो ।
वैठकमा आर्थिक कोष व्यवस्थापनको लागि योजना निमार्ण गर्न प्रदेश सदस्य , पालिका इन्चार्ज र अध्यक्ष,जननिर्वाचित कार्यपालिका सम्मका जनप्रतिनीधिहरुलाई सर्कुलर सहजीकरण गरिएको संयोजक भण्डारीले बताउनुभयो ।
वैठकमा केन्द्रिय सदस्यद्धय राम बहादुर भण्डारी,अप्सरा सिंखडा(दिपा),प्रदेश सह सचिव विजय वुर्लाकोटी,प्रदेश सचिवलय सदस्य जिल्ला संयोजक मनराज भण्डारी लगायतको प्रदेश कमिटी,जिल्ला कमिटी,र पालिका ईन्चार्ज अध्यक्ष तथा जनप्रतिनीधीहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस