धादिङ १५ बैशाख
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शुक्रवार धादिङबेशीस्थित क्रिक रिसोर्टमा नवौँ साधारणसभा सम्पन्न भएकोे छ ।
सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा भएको साधारण सभामा बिभिन्न जिल्लामा रहेको शाखा सञ्चालक, शाखा प्रमुख तथा लघुवित्त ऋणी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नेशनल माइक्रोफाइनान्सका सञ्चालक समिति अध्यक्ष आचार्यले लघुवित्त माथिको वित्तीय अराजकता बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले लघुवित्त माथि अहिले ठुला व्यवसायीले उचालेको भरमा आन्दोलन भएको भन्दै हल्लाको पछाडि नलाग्न लघुवित्त ऋणीलाई अनुरोध गर्नुभयो ।
कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख १ हजार २४६ रुपैयाँ बराबरको बोनश शेयर लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । बोनस शेयर पश्चात कम्पनीको चुक्ता शेयर पूँजी ६७ करोड ४६ लाख ७६ हजार पुगेको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन उपर छलफल, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८÷०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु अनुसूचीहरु तथा आर्थिक वर्ष २०७८÷०७९ को लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्ति एवम निजको पारिश्रमिक निर्धारण समेत छलफल गरी पारित गरेको छ ।
कम्पनीले हालसम्म रू.११ अर्व ४२ करोड ७ लाख कर्जा लगानी गरी रू. ३ अर्ब २४ करोड ६३ लाख ग्राहक सदस्यहरुबाट बचत संकलन गरेको छ ।
कम्पनीमा हाल देशभर ७८ हजार ७४२ जना ऋणी संख्या रहेका कम्पनी हाल देशका ७ वटै प्रदेशको ६४ वटा जिल्लाहरुमा रहेका १०१ शाखा कार्यालयहरु मार्फत करीब १ लाख ५० हजार ग्राहकलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस