धादिङ १३ बैशाख
जनजीवनमा जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे धादिङबेसी धादिङमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
मंगलबार अमार्क एसिया–प्रशान्त, क्ष्न्भ्क् र रेडियो धादिङको सहकार्य एसिया पसिफिक नेर्टवर्क फर ग्लोबल चेन्च रिसर्जको सहयोगमा सम्पन्न भएको हो । कार्यशालामा धादिङको सामूदायिक रेडियो रेडियो धादिङ,रेडियो बिहानी,रेडियो राजमार्गका संञ्चालक व्यवस्थापक तथा पत्रकारहरुको उपस्थितमा बरिष्ठ जल तथा अनुकूलन विशेषज्ञ डा.बिनयराज सिवाकोटीले सहजीकरण गर्नुभएको थियो ।
गोष्ठीमा स्थानीय जनजीवनमा जलवायु परिवर्तनको प्रभाव तथा परम्परागत ज्ञानको महत्त्वको बारेमा प्रशिक्षण गराउनुभएको थियो । जलवायु परिवर्तन हुनुका कारण डढेलो,मौसमी चक्रमा परिवर्तन,अतिबृष्टि,अनबृष्टि प्राकृतिक प्रकोप,औद्योगिकरण तथा अन्य विभिन्न कारणले भएको सिवाकोटीले बताउनुभयो ।
जलवायु परिवर्तनबाट प्रभावित क्षेत्रहरुमा विशेष गरि मानवीय जनजीवनका साथै कृषि, खाद्य सुरक्षा, पानी, बस्ती, पर्यटन र स्वास्थमा प्रत्यक्ष प्रभाव परेको बताउनुभयो । पिछडिएको दलित आर्थिक रूपमा बिपन्न भएको ब्यक्तिलाई सबैभन्दा बढी प्रभाव परेको तथ्यांकले देखाएको छ ।
जलवायु परिवर्तन बिश्वब्यायी रूपमा हुनेगरेको तर यसको प्रभाव भने स्थानीय स्तरमा पर्ने डा सिवाकोटीले बताउनुभयो । कार्यक्रममा सामुदायिक रेडियोले किसान र जलवायु परिवर्तनमा खेल्ने भुमिकाको बारेमा समेत छलफल गरिएको थियो ।
जिल्लाका विभिन्न समूदाय बस्तीहरुको बारेमा सामुूदायिक रेडियोबाट कृषि सम्बन्धि रेडियोले बिगतका दिनहरुमा प्रशारण गर्दै आइरहेको तथा प्रशारण भैरहेको कार्यक्रमहरुको बारेमा प्रस्तुत गरिएको थियो । भबिस्यमा सामूदायिक रेडियोबाट प्रशारण हुने कार्यक्रमहरुबाट कृषकहरुको लागि तथा सामुदायमा भैरहेको विभिन्न घट्नाहरुको बारेमा प्रशारण कसरी गर्दा उचित हुन्छ भन्ने बारेमा छलफल गरिएको थियो ।
जिल्लाको सामूदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जले विभिन्न कार्यक्रमहरुमार्फत स्थानीय तहहरुका गाउँबस्तीमा स्थलगत रिर्पोटिङ गरि जनताको चासो गुनासो र मागहरुलाई सम्बोधन गर्न सरोकारवाला निकायहरुसंग छलफल बहस गरिदै आएको छ ।
कृषि,शिक्षा,विकासका पुर्वधार,परम्परागत विषयबस्तु,खाद्य सुरक्षा, पिछाडिएका वर्ग,समूदाय,विभेद र असमानताहरुको आवजलाई वुलन्द पार्दै सुशासन र पारदर्शिताको पक्षमा आम स्रोतालाई सूचना समाचार मार्फत नागरिकको सूचना पाउनुपर्ने हक र अधिकारलाई सूसुचित गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस