धादिङ १३ बैशाख
सविना तामाङ
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ सत्यदेवीको बच्छलादेवी खेलमैदानमा यहि बैशाख ५ गतेबाट सुरु भएको खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिता मंगलबार समापन भएको छ ।
के युवा के बुढा,सबैको लागि महत्त्वपूर्ण खेलकुद र शिक्षा, खेल खेलौ स्वास्थ्य रहौ,मित्रताको भावना कायम राखौं भन्ने मुल नाराका साथ अहिँसावादी युवा क्वलबको आयोजनामा सुरु भएको १५ औँ वार्षिक उत्सब तथा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका साथै नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
पुर्व मन्त्री तथा बागमति प्रदेश सांसद डम्बर तामाङको प्रमुख आथित्यामा सम्पन्न भएको हो । कार्यक्रममा रास्ट्रिय कलाकार विश्व दोङ्ग राजकिङ्ग वाइबा, मर्नेन तामाङ र मोडेल डोल्मा मनाङ्थने लगायतका कलाकरहरुको वेजोड प्रस्तुती रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तामाङले खेल सबै ब्यक्तिको लागि अति महत्त्वपूर्ण भएको हुनाले यसलाई सबैले ध्यान दिनको लागि आग्रह गर्नुभयो । खनियाबास बासीलाई सर्बप्रथम निर्वाचित गराइदिनुभएकोमा धन्यवाद दिदै आफू सरकारमा रहेपनी नरहेपनी निरन्तर खनियाबास गाउँपालिकाको बिकासको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगिताको उद्घाटनभने वडा नम्बर ५ का अध्यक्ष रबिन तामाङले गरेको थियो । प्रतियोगितामा १८ टिमको सहभागिता रहेकोमा विजेता टिम अहिंसावादी युवा क्लबले ५० हजार, उपविजेता रङज्युङ युवा क्लबले २० हजार र सान्तावाना हुने २ टिमले ७–७ हजार नगद साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस