धादिङ १३ बैशाख
नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ५ सामरीमा जारी अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
नुवाकोट, रसुवा र धादिङ गरि तीन जिल्लाको सहभागी रहेको प्रतियोगिताको भने उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले हात पारेको छ ।धादिङको सिद्धलेक गाउपालिकाले फाईनलमा नुवाकोटको तादी गाउँपालिकाको टिमलाई पराजित गर्दै नगद २ लाख राशीको प्रथम पुरस्कार हात पारेको हो ।
म्यागङ गाउँपालिकाका आईटी अफिसर विरेन्द« तामाङका अनुसार सिद्धलेक टिमले क्रमशः पन्चकन्या गाउँपालिका नुवाकोट, किस्पाङ गाउँपालिका नुवाकोट र क्वाटर फाइनलमा नौकुण्ड गाउँपालिका रसुवालाई र सेमिफाईनलमा धादिङ कै खनियाबास गाउँपालिकालाई र फाईनलमा नुवाकोटको तादी गाउपालिकालाई पराजित गरेको हो ।
प्रतियोगितामा दोस्रो पुरस्कार तादीगाउपालिकाले १ लाख र तृतिय भएको धादिङ कै खनियाबास गाउँपालिकाले ५० हजार नगदसहित ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिएको म्यागङ गाउँपालिकाका आईटी अफिसर तामाङले बताउनुभयो ।
नेपाली काँग्रेस नुवाकोट जिल्लाका निवर्तमान सभापति जगदिश्वर नरसिंङ केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा विभिन्न स्थानीय तहका गाउपालिका अध्यक्ष उपाध्यक्ष लगायत जनप्रतिनिधी स्थानीय खेलप्रमी महानुभावहरुको भव्य सहभागी रहेको थियो ।
विभिन्न सांस्कृतिक बाजा गाजा,झाँकी नाचले कार्यक्रलाई सभ्यभव्य बनाएको तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस