धादिङ ६ बैशाख
नेकपा माओवादी केन्द्रको जनसम्बन्ध बिस्तार तथा पार्टी सुदृढीकरण अभियान भेला सम्पन्न भएको छ ।
बुधबार धादिङको नेत्रावती डब्जोङ गाउपालिका वडा नम्बर २ ताङजोमानेमा वडा २ र ३ को संयुक्त भेला सम्पन्न भएको हो ।
उक्त भेलाबाट अखिल नेपाल किसान संगठनमा वडा नम्बर २ को कमिटी अध्यक्षमा डुकु तामाङ,अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को अध्यक्षमा कविता तामाङ लगायतको नेतृत्वमा ७ सदस्यीय कमिटी गठन गरिएको छ ।
त्यस्तै वडा नम्बर ३ का कमिटीमा अखिल नेपाल किसान संगठनको अध्यक्षमा उर्पा तामाङ, अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को अध्यक्षमा देवीजोङ तामाङ,अखिल नेपाल दलित मुक्तिमार्चाको अध्यक्षमा रिजन कोइराला लगायतको नेतृत्वमा ७ सदस्यीय कमिटी गठन भएको हो ।
भेलालाई प्रशिक्षनात्मक मन्तव्य राख्नुहुदै केन्द्रिय सदस्य राम बहादुर भण्डारीले त्याग तपस्य र वलिदानले प्राप्त गरेको व्यवस्थालाई संस्थागत गर्न सिंगो पार्टी संगठनले जनसम्बन्ध विस्तार,सुदृढीकरण गरी नेत्रावती डब्जोङ गाउपालिकालाई नेकपा माओवादी केन्द्रमय बनाउनु पर्नेमा जोड दिन आग्रह गर्नुभयो ।
नव निर्वाचित कमिटीका सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुहुदै भण्डारीले निर्वाचनको परिणाम अनुसार गाउँपालिकाको दोस्रो पार्टी अझैपनि रहेकाले निर्वाचनको हारमा निराशा नहुन सम्पुर्ण पार्टीकमिटी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।पार्टीमा सक्रिय भैसकेपछि पार्टीको विधीविधानमा रही अनुशासन कार्यशैली र व्यवाहारमा सुधार गरि पार्टी संगठनलाई मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सचिवलय सदस्य हरि अधिकारी(आशिस) ले व्यवस्था वदलिएसंगै जनताको अवस्था वदल्न जनसम्बन्ध बिस्तार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । पार्टीको संगठन केन्द्र तह सम्मनै तिक्तता पैदा भईरहेको अवस्थामा पार्टी संंगठन सुदृढीकरण अभ्यास ग्रासरुटसम्म पुग्नुपर्ने बताउनुभयो ।
त्यसतै नेकपा माओवादी केन्द्र गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले निर्वाचनको परिणामले निराशा र चिन्तित नेतृत्वमात्र नभई आम मतदाता पनि उत्तिकै चिन्तित भएको कुरालाई जनसम्बन्ध विस्तार तथा पार्टी सुदृढीकरण अभियानले थप उर्जा मिलेको बताउनुभयो ।
गाउँपालिकाको पार्टी संगठनमा सामूहिकतामा एकता नहुनु दुःखको कुरा रहेको बताउदै पार्टी सुदृढीकरणको अभ्यास टोल,सेल,वडा,गाउपालिका हुदै केन्द्र तहसम्म पुग्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्र वडा नम्बर ३ को वडाकमिटी अध्यक्ष लोप्साङ तामाङको सभापतित्व नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवलय सदस्य हरि अधिकारी(आशिस),गाउपालिका अध्यक्ष प्रेम बहादुर तामाङ क्रान्तिकारी महिला संघ गाउँपालिका सह ईन्चार्ज सविता तामाङ,गिता तामाङ लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर २ र ३ का जनसमूदायहरुको उल्लेख्य सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस