६ बैशाख
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर नं. २ को आयोजनामा शैक्षिक गुणस्तर अभिबृदिका लागि सरोकारवालाहरुको भूमिका बिषयकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर नं. २ का वडाध्यक्ष ध्वाज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर नं. २ भित्रका सबै बिद्यालयका प्रधानाध्यापकहरु, बि.ब्य.स अध्यक्षहरु, शिक्षक÷शिक्षिकहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं अध्यक्ष गुरुङले वडाको तर्फबाट वडा नम्बर नं. २ भित्रका सबै बिद्यालयहरुको शैक्षिक गुणस्तर तथा अभिबृदिकाको लागि सहयोग गर्ने बताउनुभयो । बालबालिकाहरुको सर्बाङ्गिन बिकासको लागि गुणस्तर शिक्षाको आवश्यक हुन्छ। बिधालय यस्तो ठाँउ हो जहाँ विद्यार्थीहरुको भबिस्य कस्तो हुन्छ भनेर निर्धारण गर्दछ। यसको लागि बिधालयको शिक्षामा गुणस्तर हुनु आवश्यक रहन्छ र त्यसको लागि वडाबाट गर्नु पर्ने काम गर्न सधैं तत्पर रहेको गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस