६ बैशाख
धादिङको गंङ्गाजमुना गाउँपालिका–३ का २२ वर्षीय ईमानसिंह गुरुङलाई १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहीले पक्राउ गरेको छ ।
बालिकालाई पटक–पटक बलात्कार गरेको र पछिल्लो पटक ०७९ चैत २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि बैशाख ५ गते निज गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश थापाले बताए ।
आरोपितलाई जिल्ला अदालतको आदेशले अनुसन्धानका लागि हिरासतमा राख्न ५ दिनको अनुमति दिएको इन्स्पेक्टर थापाले बताए ।
प्रतिक्रिया दिनुहोस