धादिङ ५ बैशाख
कार्की गाउँ माध्यमिक विद्यालय प्राविधिक शिक्षालय त्रिपुरा सुन्दरी गाउपालिका वडा नम्बर ५ धादिङको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज एक कार्यक्रमको आयोजना गरी शिक्षक अभिभावकहरुको सल्हा सुझावलाई लिएर विद्यालयको पठनपाठनको गतिविधीलाई सुधार बनाउन,आगामी विद्यालय सञ्चालनबारे छलफल गरिएको विद्यालयका प्रधानध्यापक अर्जुन बहादुर नगरकोटीले बताउनुभयो ।
विद्यालयको अवस्था आगामी योजना कार्यक्रमहरुको बारेमा जानकारी गराउदै थप पढाईमा गुणस्तर र उत्कृष्ट नतिजा ल्याउन र नमुना सामूदायिक विद्यालयको रुपमा स्थापित गर्न शिक्षक कर्मचारी अभिभावकहरुको दायित्व र सम्बन्धको बारेमा जोड दिएको प्रधानध्यापक नगरकोटीले बताउनुभयो ।
प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पशुविज्ञान (भेटेरीनरी) तर्फ पनि पढाई हुने गरेको उहाँले बताउनुभयो ।
इसीडी देखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा करीव ३ सय ४० विद्यार्थीहरु पढ्ने गरेका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कपिलदेव सिंखडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष पूण्य प्रसाद सिंखडा,विद्यालय प्रधानध्यापक लगायत अभिभावक विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस