कपिल जम्कट्टेल
धदिङ २९ भाद्र
५५ औँ बाल दिवसको अवसरमा सुनगाभा एकेडेमी धादिङमा विविध कार्यक्रमको आयोजना गरिएको छ । बालबालिकाको अधिकार, श्रम शोषण, बालबालिकाको रुचि, चाहानाबारे विद्यार्थीहरुलाई जानकारी गराइएको हो । बाल दिवसकै अवसर पारी पूर्व प्राथमिक तहमा नृत्य, कक्षा १ देखि ९ सम्ममा अन्ताक्षरी प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताबाट कक्षा १–३ तर्फ सोनाली गुरुङ र प्रितिका पौडेल प्रथम, प्रशंसा वि.क र विपशा लगुन द्धितीय साथै आयुषा लम्साल र आयुषा सेवा तृतीय भएका हुन् ।
यस्तै कक्षा ४–६ मा निशान अधिकारी र आयुष बखती प्रथम, निशा अधिकारी र निष्ठा श्रेष्ठ द्धितीय र क्रिष्टिना गुरुङ र विवश आचार्य तृतीय भएका हुन् । यसैगरी कक्षा ७–९ मा सञ्जिव तामाङ र पारश गुरुङ प्रथम, सुशिला कुमाल रोशन वि.सी. द्धितीय साथै मनिता गुरुङ र सविना भट्ट तृतीय भएका हुन् । कार्यक्रममा विद्यार्थीहरुलाई बाल दिवसको शुभकामना दिदै विद्यालयका सहायक प्रधानाध्यापक गोकर्ण अधिकारीले कतिपय बालबालिकाहरु आफ्नो आफन्त र परिवारबाटै शोषण पर्ने गरेकाले बालबालिकालाई आफ्नो अधिकारी दिलाउनु सचेत नागरिकहरुको कर्तव्य हो भन्नुभयो ।
यस्तै शनिबार प्याब्सन धादिङले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा द्धितीय हुन सफल तथा व्यक्तिगत तर्फ प्रथम हुन सफल विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट सम्मान पनि गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा व्यक्तिगत तर्फ कक्षा ७ का सञ्जय अधिकारी प्रथम भएका थिए ।
प्रतिक्रिया दिनुहोस