४ चैत
पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको गङ्डी गाउँपालिकाका २६ बर्षिय सोनाम साङ्पो तामाङ रहेका छन् ।
सोमबार दिउँसो १ बजे चितवनको इच्छाकामना ३ कुरिनघाट स्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
६ जनाको समूहमा आएका उनि साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए । शसस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरि उपचारका लागि ट्रमा सेन्टर कुरिनटारमा पु¥याईएको थियो ।
बन्दिपुर घुमेर काठमाडौँ फर्कने क्रममा उनिहरु त्रिशूली नदीमा पौडी खेल्न गएका थिए ।
प्रतिक्रिया दिनुहोस