४ बैशाख
धादिङ जिल्लाको खनियाबास गाउँपालिका वडा न १ उङ्गुलमा लि–बर्ड संस्थाले बिउभिजन वितरण गरेको छ । कृषकहरुलाई मध्यनजर गरि विभिन्न प्रकारको बिउभिजन वितरण गरिएको नेकपा माओवादी केन्द्र खनियाबास गाउँपालिका वडा १ का वडा अध्यक्ष नसुन तामाङले जानकारी दिए ।
लि– बर्ड संस्थाद्धारा किसानहरुलाई पहिलो प्राथमिकतामा राखी खनियाबास गाउँपालिकालाई कार्य क्षेत्र बनाई विभिन्न समयमा कृषकहरुको लागि आवश्यक तालिमहरु दिदै आइरहेका छन । । आइताबार एक विशेष कार्यक्रमका साथ झार्लाङको उङ्गुलमा विभिन्न प्रकारको बीउ भिजन वितरण गरिएको छ । जसमा सिमि, मुला, प्याज, गोलभेडा, कुरिलो लगायत झार्लाङको माटोको लागि उपयुक्त हुने तरकारीको बीउ वितरण गरिएको तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस