धादिङ ३ बैशाख
नेपाल निजामती कर्मचारी युनियनको नयाँ बर्षको शुभकामना तथा भितेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार आईतबार एक कार्यक्रमको आयोजना गरि नेपाल निजामती कर्मचारी युनियनको भितेपात्तो विमोचन प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य अधिकारीले नब बर्ष २०८० सालको शुभकामना दिनुहुदै कर्मचारीहरुको समस्यामा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । युनियनमा आबद्ध भएका कर्मचारीहरूलाइ जनताको काम गर्दा ढिलासुस्ती नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको विशेष अतिथि प्रदेश सांसद गोविन्द लम्सालले विगतदेखीनै नेपाल निजामती कर्मचारी युनियनले कर्मचारीहरुको हक अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको बताउनुभयो ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङका अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रदेश सांसद गोविन्द लम्सालको विशेष आतिथ्यता रहेको कार्यक्रममा केन्द्रिय सदस्य कृष्ण बद्री पौडेल, विभिन्न संघ सस्थाका प्रतिनिधि र नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङका पदाधिकारीहरुका उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस