१ बैशाख
नयाँ वर्षको अवसर पारी एङलिकन धादिङद्धरा युवा सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्षको अवसर पारी धादिङबेसीमा धादिङ जिल्ला भरीका १२ वटा मण्डलीहरुको सामुहिक भेला तथा बिजय मण्डली धादिङको आयोजनामा नयाँ बर्ष २०८० साललाई स्वागत गर्ने हेतुले युवाहरुको लागि एक दिने प्रशिक्षण कार्यक्रम तथा संगती गरिएको हो ।
आजभोलिको युवाले नयाँ साल मनाउने नाम बिकृती फैलाइ रहेका छन । बिजय मण्डली धादिङले नयाँ बर्षको सु–अवसरमा युवा पुस्तालाई कसरी जिउने तथा पबित्र धर्मशास्त्र बाइबलबाट एउटा इसाई युवाहरुले परमेस्वरको सेवा कसरी गर्ने, तथा आराधना भनेको के हो , आराधना कसरी गर्ने कसलाई गर्ने, कहाँ गर्ने कहिले गर्ने, किन गर्ने, र आराधना गर्दा हुने फाइदाको बारेमा याकुब तामाङले प्रशिक्षण गराउनु भएको थियो ।
साथै कार्यक्रमको अवसर पारी बिजय प्रशंसा मण्डली खनिगाँउका जवानहरूले गित गाएर सबैलाई मनोरञ्जन दिएको थियो । साथै विभिन्न मण्डलीका युवाहरुले गित तथा नृत्य प्रस्तुत गरेको एङ्लिकन धादिङका अध्यक्ष यम बहादुर तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस