धादिङ ३० चैत
दामन पाख्रिन स्मृति प्रतिष्ठान धादिङको आयोजना तथा खनियाबास गाँउपालिकाको प्रयोजनमा शहिद तुल बहादुर तामाङ स्मृति प्रथम दौड प्रतियोगिता नयाँ वर्ष २०८० को अवसरमा शुक्रबार सञ्चालन हुने भएको छ
स्वास्थ्यको लागि खेलकुद राष्टको लागि खेलकद भन्ने मुल नाराका साथ नयाँ वर्षको उपलक्ष्यमा ४० वर्ष माथिका खुल्ला पुरुष दौड प्रतियोगीता हुने भएको आयोजकले जनाएको छ ।
सहभागीहरुलाई दर्ता शुल्का रु.५०० तोकिएको प्रतियोगितामा प्रथम पुरस्कार रु. १५ हजार रुपैया द्वितीय पुरस्कार रु. १० हजार रुपैया र तृतीय पुरस्कार रु.५ हजार रुपैया रहेको डि बी गुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस