धादिङ ३० चैत
सहारा महिला बचत तथा ऋृण सहकारी संस्था लि.ले नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरि नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरि पछिल्लो समयमा बजारमा देखिएका समस्याहरुका बारेमा छलफल गरिएको थियो ।
देश बिकासको तीन खम्बे नीति अनुसार सहकारी महत्त्वपूर्ण एउटा खम्बा भएकोमा पछिल्लो समय गलत काम गर्ने केही बित्तिय संस्थाको कारण सहकारीप्रति पनि नकारात्मक धारणाहरु देखिएकोमा चिन्ता व्यक्त गरिएको छ ।
कोभिडका कारण बजारमा बित्तीय संकट देखापरेको , बेरोजगारीको दर बढेको , ऋृण तिर्नुपर्दैन भन्ने अनावश्यक हल्लाले सदस्यहरु अलमलमा परेको कारणले सहकारी प्रतिको सकारात्मक धारणा बढाउन आवश्यक रहेको कुरा औल्याइएको छ ।
सहारा महिला साकोसको अध्यक्ष पार्वती राई खाँडको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीले महिलाहरुको बिकास र सशक्तीकरणका लागि महत्त्वपूर्ण भुमिका खेल्दै आएकोले सदस्यहरुलाई आम्दानी संग जोडेर सुशासनमैत्री, जवाफदेही र पारदर्शी हुनुपर्नेमा सबैले जोड दिएका थियो ।
सहारा महिला साकोसको कार्यलयमा भएको कार्यक्रममा जिल्ला बचत संघका ब्यबस्थापक गोकर्ण दुवाडी ,शिबज्योती महिला बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष चमेली काप्री, रामकोट बचत तथा ऋृण सरकारीका राजकुमार श्रेष्ठ , नारी बिकास बचत तथा ऋृण सहकारीका अध्यक्ष भगवती उप्रेती , निलकण्ठ महिला बचत तथा ऋृण सहकारीका अध्यक्ष पार्वती अधिकारी लगायत विभिन्न सहकारीका प्रतिनिधिहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस