३० चैत
अपाङ्गगता भएका व्यक्तिहरुका लागि ३ दिने आधारभूत उद्यमशील सम्बन्धी तालिम आजबाट धादिङबेसीमा सुरु भएको छ । अपाङ्ग पुःनस्थापना समाज नीलकण्ठ धादिङको आयोजना तथा बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रलायको आर्थिक सहयोगमा सञ्चालन भएको हो ।
सीप सिकाई उद्यमी र आत्मनिर्भर बनाउने उदेश्यले अपाङ्गता भएका व्यक्तिहरुको लागि उद्यमशीलता सम्बन्धी तालिम हो ।
तालिमपछि उद्यमशीलता बन्ने र बनाउने मुख्य उदेश्य रहेको अपाङ्गता पुःनस्थापना समाज नीलकण्ठ,धादिङका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष लक्ष्मण पण्डितले बताउनुभयो ।
सक्षम भएर बाँच्ने वातावरण सिर्जना गर्न, अपाङ्गता भएकाहरुको जिविकोपार्जन गर्न सहज बनाउन र कसरी उद्यमशिलता बनाउने भन्ने जानकारी दिन तालिममा दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेसका अध्यक्ष अश्विन लम्सालले अवसरको सबै क्षेत्रमा सबैलाई एकै ठाँउमा समेटेर लैजान आवश्यक रहेको बताउनुभयो । अपाङ्गता भएकाहरुको जीवन सहज बनाउन यो तालिमले ठूलो भुमिका खेल्ने पनि उहाँले बताउनुभयो ।
प्रत्येक स्थानीय तहहरुमा उद्यमशीलता कार्यक्रमहरुसंग तालिम लिएका व्यक्तिहरुलाई जोड्न सके प्रभावकारी बन्ने नीलकण्ठ नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख निर्मला केशीले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि संचालित ३ दिने आधारभुत उद्यमशीलता तालिम श्याम मग्रातीले सहजीकरण गर्नु भएको थियो ।
तालिममा सहभागीहरुलाई प्रशिक्षक मग्रातीले अपाङगता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धि सम्बन्धी क्रियाकलाप, नियम कानुन, आर्थिक स्तररोन्नती बजेट तथा बित्तिय शिक्षा सम्बन्धी, प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
व्यवसाय, आयआर्जन, स्वरोजगार लगायतका विषयवस्तुमा जानकारी गराईएको उक्त तालिममा ३१ जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस