२६ चैत
खनियाबास गाँउपालिका भित्र रहेका पसलहरुको गाँउपालिकाद्धारा अनुगमन गरिएको छ । गाँउपालिका विभिन्न ठाँउहरुमा रहेको पसलहरुको अनुगमन गरिुएको गाँउपालिका उपाध्यक्ष सेकमान तामाङले जानकारी दिनुभयो ।
बिशेष गरी खनियाबास गाँउपालिकाको बासीहरुको स्वास्थलाई मध्यनजर गरि अनुगमन गरिएको हो । मिति सकिएको सर समानको प्रयोगले मानिसको स्वाथ्यमा प्रतिकुल असर पार्ने भएको हु्नाले अनुगमन गरिएको हो । अनुगमन पश्चत गाँउपालिका भित्रका सबै पसल धनीहरुलाई मिति सकेको खुद्र समानहरुले नराख्नको लागि निर्देशन दिएको उपाध्यक्ष तामाङले बताउनुभयो । आफुले समान खरिद गर्दा उक्त समानको मिति सकेको छ कि छैन हेरेर मात्र किनबेच गर्नको लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस