२६ चैत
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धादिङको चौथो अधिवेशन तथा जिल्ला सम्मेलन शनिबार धादिङ बेसिमा सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष रामसिङ तामाङको अध्यक्षतामा तथा पुर्व राज्य कानुन मन्त्री दिलमान पाख्रिन र विशेष प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । त्यस्तै पुर्व पर्यटन राज्य मन्त्री परशुराम तामाङको विशेष आतिथ्यता रहेको थियो ।
अधिवेशनबाट अध्यक्षमा दिपककुमार तामाङ, उपाध्यक्ष शुक तामाङ, महिला उपाध्यक्षमा छ्योईसाङ तामाङ, सचिव हरिशरण तामाङ, सह–सचिब ताराबिर तामाङ, कोषाध्यक्ष कर्मविर तामाङ लगायत १५ सदस्य जिल्ला समन्वय समितिको निर्विरोध चयन भएको छ ।
सम्मेलनमा धादिङ जिल्लाको ११ वटा गाऊँपालिका र २ नगरपालिकाको प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस