धादिङ २८ भाद्र
धादिङ सोसियल भोलेन्टियर नेपालले शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व प्राथमिक उपचार दिवस २०७६ र संस्थाका कोषाध्यक्ष किरण कुमार श्रेष्ठ तथा उपाध्यक्ष दान बहादुर श्रेष्ठका छोरा संस्कार श्रेष्ठको जन्मोत्सवको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रमको सह आयोजकमा संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङ र प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रले गरेको थियो भने फलफूल सौजन्य मण्डली फ्रुट सेन्टर प्रा.लि बल्खु काठमाडौँले गरेको हो ।
कार्यक्रममा ५१ जना महिला र १४० जना पुरुष गरी १ सय ९१ जनाले रक्तदान गरेका थिए । उक्त सङ्कलित रगत आवश्यक मात्रामा धादिङ अस्पतालमा खपत गर्ने र बाकी रगत काठमाडौँमा भएको रगत अभावलाई कम गर्न काठमाडौँ पठाउने जानकारी संस्थाका अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।एउटै कार्यक्रममा यति धेरै स्वयमसेवी रक्तदाताहरुद्धारा रक्तदान भएको धादिङ जिल्लामै हालसम्मकै सर्वाधिक धेरै रहेको श्रेष्ठको दाबी छ ।
प्रतिक्रिया दिनुहोस