२५ चैत
नेपाल पत्राकार महासंघ धादिङको २३ औं साधारण तथा पुरस्कार अर्पण समारोह कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्राकार महासंघ धादिङको अध्यक्ष राजराम शर्माको अध्यक्षता तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न हो ।
त्यस्तै नगरप्रमुख भिम प्रसाद ढुङ्गाना , प्रमुख जिल्ला अधिकारी रमेश ढकाल , जिल्ला प्रहारी कार्यलय प्रमुख गौतम मिश्र,गै.स.स धादिङका अध्यक्ष शालिकराम ढुवडी, प्रस युनियन केन्द्रिय उपाध्यक्ष डा.मुरारी अधिकारीको आतिथ्यता रहेको थियो ।आज सम्पन्न भएको कार्यक्रममा जिल्ला भित्र कार्यरत ७ जना पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विधाबाट जिल्ला क्रियाशिल पत्रकाहरुलाई पुरस्कृत गरिएको थियो । सिताराम प्रसाद बर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट डा. मुरारी अधिकारी,सिताराम प्रसाद बर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट नवराज छत्कुली,राजेन्द्र प्रताप शाह पुरस्कारबाट शिब सिलवाल, विकास पत्रकारीता पुरस्कारबाट नारायण प्रसाद सिलवाल, विकास पत्रकारीता पुरस्कारबाट उपेन्द्र अधिकारी, शालिकराम बर्मा पत्रकारिता पुरस्कारबाट गोमा थापा र शालिकराम बर्मा पत्रकारिताबाट शिवराज आर्चाय पुरस्कृत हुनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशभित्रका सबै श्रमजीवी पत्रकारको पत्रकार कल्याणकारी कोष सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । सबै श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाका लागि पत्रकार कल्याणकारी कोषमा स्थापना गर्न लागेको मुख्य मन्त्री जमकट्टेलले बताउनु भयो । श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षा र पत्रकारहरूको क्षमता विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्दै आएको बताउँदै मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारको सहयोगमा हेटौँडामा सञ्चारग्राम स्थापना कार्य यस वर्षबाट नै सुरु हुने जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घको सबै जिल्लामा शाखामा भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्रीले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ धादिङले २३ औँ साधारण सभामा आफूले स्थापना गरेको पुरस्कार वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस