धादिङ २४ चैत
योङ कम्यूनिष्ट लिग (वाइसियल)नेपाल धादिङको तेस्रो विस्तारित वैठक सम्पन्न भएको छ ।
शुक्रबार पार्टी कार्यलयमा एक भेला गरि योङ कम्यूनिष्ट लिग (वाइसियल)नेपाल धादिङ सचिवलय सदस्य राजन लम्साल(क.ज्वाला) लाई सचिव पदमा चयन गरिएको हो ।
योङ कम्यूनिष्ट लिग (वाइसियल)नेपाल धादिङको वडा सम्मेलन,पालिका सम्मेलन,जिल्ला सम्मेलन र संगठन विस्तार अभियान संञ्चालन गर्न यस अघिका सचिव सन्तोष उप्रेती केन्द्र संगठनमा आवद्ध भएपछि संगठन तथा पार्टीको निर्णय अनुसार राजन लम्साल(क.ज्वाला) लाई चयन गरिएको हो ।
योङ कम्यूनिष्ट लिग (वाइसियल)नेपाल धादिङको जिल्ला ईन्जार्ज सन्तोष डल्लाकोटीको सभाध्यक्ष, नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यातामा सम्पन्न भएको हो ।
२०८० साल बैशाख १४ गते देखि १६ गतेसम्म वडा कमिटी,१९ र २० गते पालिका कमिटी हुँदै जिल्ला सम्मेलन गरि प्रदेश कमिटीमा जाने नव निर्वाचित सचिव लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रमको विशेष अतिथिमा जिल्ला संयोजक मनराज भण्डारी(क.शैलेस),नीलकण्ठ नगर उपाध्यक्ष अमृत तामाङ,जिल्ला खेलकुद बिकास समिती अध्यक्ष प्रतापसिं तामाङ लगायत योङ कम्यूनिष्ट लिग (वाइसियल)नेपाल धादिङको नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
पार्टीको विभिन्न भातृसंगठन विस्तार र गठन अभियानको नेतृत्व भने जिल्ला संयोजक मनराज भण्डारी(क.शैलेस)ले तिव्र रुपमा गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस