२२ चैत
अखिल नेपाल किसान महासंघ धादिङको भेला तथा बैठक धादिङबेसीमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट किसानहरुको साझा संगठन अखिल नेपाल किसानको भेला कार्यक्रम आज एक बिशेष कार्यक्रमका साथ सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
अर्जुन भुजेलको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिल बहादुर बिसुराल, गोविन्द ढुङगाना,सचिवमा हरि ब.लम्साल, सह सचिवमा राजु श्रेष्ठ,कोषाध्यक्षमा पुरुषोत्तम अधिकारी चयन भएका छन् । समितिको सदस्यहरुमा बासु तिवारी,टेक बहादुर रेग्मी,युवराज रिजाल,सुविलाल तामाङ,पुरन नेपाली,वीर बहादुर तामाङ, भक्त बहादुर दर्जी,धुव्र उप्रेती,साधुराम तामाङ रहेका छन् । त्यसैगरी मनोज पौडेल,खो बहादुर तामाङ,तिल कुमारी राउत,कृष्ण बिक,जानुका सुवेदी,सुर्य बहादुर बिक,पदम बहादुर लामिछाने,तारा देवी भण्डारी र डम्वर प्रसाद लम्साल सदस्यमा चयन भएका हुन् । शोषित पिडित किसान एक होउ भन्ने नाराकासाथ भेलाको आयोजना गरिएको नेकपा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले जानकारी दिनुभयो । भेलाले इन्चार्जमा भत्त बहादुर बस्नेत र सह–इन्चार्जमा हेमराज भुजेललाई तोकिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं प्रमुख अतिथि राम बहादुर भण्डारी किसान संगठन भनेको पार्टीको सक्रिया संगठन हो । यसले पार्टीलाई अपाङग हुनाबाट जोगाउने गर्दछ । किसानहरुले आफ्नो अधिकारको लागि क्रान्ति गर्नुपर्ने केन्द्रिय सदस्य राम बहादुर भण्डारीको भनाई रहेका छन । भण्डारीले किसानहरुको हक अधिकारको लागि काम गर्नुपर्ने कुरामा जोड दिएका छन । कार्यक्रमा नेकपा माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी लगाएतका माओवादी केन्द्रका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस