धादिङ २१ चैत
दिपमाला लाईफ केयर सेन्टर धादिङवेशी त्रिवेणी चोकमा यहि आउदो शनिबार नाक कान घाँटी,छाला तथा यौन रोग विशेषज्ञ(Dermatologist)आउनेभएको छ ।
लामो समय देखिको दाद,अनुहारको चाया,पोतो,डम्डीफोर,कपाल झर्ने समस्य,घाउ खटिरा आउने,शरिरमा आएको गाँठा गँुठी,अनुहारको कोठी,मुसा लगायत कपाल तथा छाला सम्बन्धि सम्पुर्ण उपचार गरिने भएको संञ्चालक राम बहादुर श्रेष्ठले बताउनुभयो ।
महिलामा देखिने सम्पुर्ण समस्यहरु सेतो पानी बग्ने,यौन अङग चिलाउने,यौन दुर्लभता आदिको जाँच तथा उपचार हुने श्रेष्ठले बताउनुभयो ।
हरेक हप्ताको शनिबार यस मेडिकलमा विभिन्न अुभवि,दक्ष विशेषज्ञहरु आउने गर्दछ । ग्रामीण क्षेत्रबाट आउने निम्न आयस्तर भएका,जेष्ठ नागरिकहरुलाई उपचार तथा औषधीमा समेत विशेष छुटको व्यवस्था रहेको संञ्चालक श्रेष्ठले जानकारी गराउनुभयो ।
धादिङ जिल्लाका सम्पुर्ण महानुभावहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि संञ्चालन गरिएको यस मेडिकलमा समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस