धादिङ २० चैत
नेकपा माओवादी केन्द्रका धादिङ जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ प्रदेश स्तरीय नेकपा माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार नेकपा माओवादी केन्द्र धादिङ जिल्ला ईन्जार्ज तथा बागमति प्रदेश सरकारका मूख्यमन्त्री शालीकराम जमरकटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि शालिकराम जमरकटेलले नेकपा माओवादी केन्द्र पार्टीले नै मुलुकलाई समाजवादको दिशातर्फ उन्मुख गर्ने जग खडा गर्ने बताउनुभयो ।
मुलकको ठुला ठुला जनपक्षीय क्रान्तिहरुको नेतृत्व गर्दै अहिले देशको नेतृत्व गरिरहेका पार्टीलाई कुर्नपनि स्वार्थ,वाह्य शक्तिको चलखेल र प्रभावमा नपरी निस्वार्थ भावनाले सरकारलाई सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।
मुख्यमन्त्री जमरकटेलले धादिङको हकमा नेकपा माओवादी केन्द्र संगठनमा सुदृढीकरण गरि आम जनताको चासो गुनासोलाई सम्बोधन गर्न,बिकास निर्माणको कार्यहरुमा अनुगमन सहकार्य गरि धादिङमा माओवादीमय बनाउने जिम्मा तल्लो तह,ग्रासरुटका कार्यकर्ताहरुलाई भएको बताउनुभयो ।
बागमति प्रदेश सरकारको नेतृत्व गरि रहदा समूदायमा लाभहुने दिगो बिकासको मोडालिटी ल्याएमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वेनीघाट रोराङ गाउपालिकाका अध्यक्ष विवेक थपलिया,पित्त बहादुर डल्लकोटी,संगीता कँडेल,खेम भुजेल,राजन रेग्मी,दुर्लब तामाङ,तारा भण्डारी,पुष्प थपलिया,मिलन सिलवाल,राजेन्द्र कडेल,गणेशलाल श्रेष्ठ,सूर्य,तिलक चेपाङ,उपेन्द्र जमरकटेल,पुर्णिमाया चेपाङ लगायत नेता तथा कार्यकर्ताहरु र स्थानीय वासी जनप्रतिनिधीहरुको भव्य सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस