धादिङ १८ चैत
नेकपा एमालेले संञ्चालन गरिरहेको मिसन ग्रासरुट दुई महिने अभियान धादिङलाई सम्बोधन गर्न पुर्वप्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्माओली रुविभ्याली आउने भएको छ ।
आगमी चैत २६ गते नेकपा एमाले रुविभ्याली गाउपालिका कमिटीद्धारा आयोजना गरिएको कार्यक्रम रुविभ्याली गाउपालिका वडा नम्बर ३ सेर्तुङमा सम्पन्न हुने भएको छ ।
शानिबार पत्रकार सम्मेलनगरि नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष भुमी त्रिपाठीले पार्टी संगठन सुदृढीकरण,विस्तार गर्ने मिसन ग्रासरुट दुई महिने अभियान संञ्चालन गरिरहेको बताउनुभयो ।
पार्टी अध्यक्ष केपी शर्माओली धादिङको रुविभ्याली आउने भएपछि रुविभ्याली गाउपालिको बिकास र संबृद्धिको नमुना खाका कोर्नेपनि विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस