१७ चैत
प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपको उपाधि नेपालले जितेको छ । फाइनलमा लाओसलाई २–१ गोलले हराउँदै आयोजक नेपालले उपाधि जितेको हो।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपालको लागि आयुष घलानले खेलको २४ अौँ मिनेटमा गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रतासँगै जित दिलाए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल खेलको म्यान अफ दि म्यान मनिष डाँगी बनेको भिए । खेलको सयम अवाधिभर उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा आयुष घलान घोषित भएको थिए । प्रतियोगितामा नेपाल, लाओस र भुटानको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस