धादिङ १७ गते
वरिष्ठ संवादाता-कृष्ण बहादुर लामिछाने
गोरखामा सामूदायिक कार्य समूदाय स्वास्थ्य निरुपण फिल्ड नमुना सर्वेक्षणको तथ्याङकीय कार्यक्रम सम्पन्न भएको छ ।
चिकिस्सा शास्त्र अध्ययन संस्था चितवन मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुद्धारा एमबिबिएस तह प्रथम बर्षको परियोजनाकार्य अन्तरगत सामूदायिक कार्य समूदाय स्वास्थ्य निरुपण फिल्ड नमुना सर्र्वेक्षणको तथ्याङकीय प्रस्तुती कार्यक्रम भिमसेनथापा गाउँपालिका वडा नम्बर ३ तान्द्राङ गोरखामा सम्पन्न भएको हो ।
शुक्रबार एककार्यक्रमको आयोजना गरि चितवन मेडिकल कलेज एम बिबिएस तह प्रथम बर्षको परियोजनामा एम बिबिएस तह प्रथम बर्षको १३ औँ ब्याचको २० जना छात्र छात्राहरुको सहभागीता रहेको थियो ।
सहभागी भएका २० जना छात्र छात्राहरुलाई १०-१० जनाको ग्रुप बनाई भिमसेनथापा गाउँपालिका वडा नम्बर ३ को ६ सय २५ घरधुरीको नमुना सर्वेक्षण गरिएको कार्यक्रममा सहभागी छात्रा पुजा पाण्डेले जानकारी गराउनुभयो ।
सर्वेक्षणमा सर्ने रोग,नसर्ने रोग,दिर्घा रोग,औषधी सेवन,जेष्ठ नागारिक स्वास्थ्य अवस्था,गर्वपतन,क्षयरोग,क्यान्सर,परीवार नियोजन,स्वच्छ खानेपानीका साथै सामाजिक रितीरिवाज,धर्म संस्कृति,समूदायका सदस्यहरुको मुख्य पेशा,आम्दनीको स्रोतको तथ्याङकीय प्रस्तुती रहेको थियो ।
वडा नम्बर ३ का वडा अध्यक्ष ॠषिराम लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा संस्कृत माध्यमिक विद्यालयका प्रधानध्यापक श्याम प्रसाद लामिछानेको प्रमुख आतिथ्याता रहेको थियो ।
मेडिकल कलेजका सह प्राध्यपक एवम् फिल्ड कोर्डिनेटर एक नारायण पौडेलको विशेष अतिथि रहेको कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु विभिन्न संघ संस्थाका प्रतिनिधी,शिक्षक,समाजसेवी,नमुना सर्वेक्षण गर्ने छात्र छात्राहरु र संञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस