धादिङ १५ चैत
धादिङको वेनीघाट रोराङ गाउपालिकाले सहिद तथा वेपत्ता परिवारहरुलाई आर्थिक आयआर्जनको लागि नगद सहयोग गरिएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)र प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लको सहभागीमा सहिद तथा वेपत्ता परिवारलाई प्रति व्यक्ति नगद रु.५० हजारका दरले चेक हस्तनतरण गरिएको हो ।
पालिका अध्यक्ष बन्दै गर्ने क्रममा सहिद तथा वेपत्ता परिवारलाई विशेष सहयोगको संकल्पलाई उजागर गर्दै आज सो कार्यक्रम आयोजना गरि गाउपालिका भरिका जनयुद्धकालमा राज्यपक्षबाट र विद्रोही पक्षबाट सहिद भएका परिवारको सदस्यहरु २७ जनालाई नगद चेक हस्तनतरण गरिएको अध्यक्ष विवेकले बताउनुभयो ।
पछिल्लो समय ७५३ वटा स्थानीय मध्येभित्रमा वेनीघाट रोराङ गाउपालिकाले दिनदुखी,गरिब परिवार,पिछडीएका चेपाङ समूदाय,जनयुद्धमा दुबै पक्षबाट सहदात प्राप्त सहिदहरुको परिवारलाई राहत स्वरुप सहयोग गरि सिङगो गाउपालिकाको बिकास निर्माण,कृषि,शिक्षा र पुर्वाधारमापनि अध्यक्ष थपलिया विवेकले प्रभावकारी रुपमा काम गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस