धादिङ १५ चैत
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित पौवा दरबारको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा पौवा घर संरक्षण समाजका सल्हाकार संयोजक हरि बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा वडा सदस्यहरु, स्थानीय वुद्धिजीविहरु तथा वडावासीहरुको सहभागिता रहेको थियो ।
पौवा दरवार एक ऐतिहासिक सम्पदा हो यस सम्पदा पुनर्निर्माणकालागि पुरातत्व विभागले करीव ५९ लाखको लागतमा निर्माण हुन लागेको वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस