धादिङ २६ भाद्र
जनयुद्ध कालीन समयमा पनि इसाई समाजको महत्त्वपूर्ण सहयोग रहेको नीलकण्ठ नगरपालिका धादिङका उप मेयर मनराज भण्डारीले बताउनु भएको छ । बिहिबार धादिङ इसाई समाजको १० औँ वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख भण्डारीले संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक संविधानको मूलभूत उपलब्धी भएकाले देशमा धार्मिक स्वतन्त्रता भएता पनि एक धर्मले अर्को धर्मलाई हस्तक्षेप गर्न नहुने बताउनु भयो ।
२०६४ सालमा स्थापना भएको धादिङ इसाई समाजले बिहिबार आफ्नो १० औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । समाजका अध्यक्ष लेक बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता तथा नेपाल इसाई समाजका केन्द्रीय अध्यक्ष हनोक तामाङ, महासचिव डिल्लिराम पौडेल, खनियाबास गाउँ पालिकाकी उपाध्यक्ष यो माया तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस