धादिङ १५ चैत
नुवाकोट जिल्लाको म्यागङ गाउपालिकाले हप्ताको प्रत्येक बुधबार मौलिक पहिचान पोशाक लगाउने भएको छ ।
गाउँपालिकाको निर्णय बमोजिम आफ्नो पहिरनले जातिय तथा मौलिक पहिचान झल्काउने गरि गाउँपालिका कार्यालयमा कार्यरत जनप्रतिनधी, कर्मचारीहरुबाट हप्ताको प्रत्येक बुधबार पोशाक लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष आशा तामाङले बताउनुभयो ।
गाउँपालिकामा मात्र नभएर सम्पुर्ण विद्यालय,वडा कार्यालयहरु,गाउँपालिकाभित्र विभिन्न संघसंस्थाहरुमा समेत जातिय मौलिक पोशाक लगाउने गरेको अध्यक्ष तामाङले बताउनुभयो ।
कृषि,पर्यटन,सडक,स्वास्थ्य,शिक्षा लगायतका कुराहरुसंगै संबृद्ध म्यागङ गाउँपालिका निर्माणमा आफु लागि परेको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस