धादिङ १५ चैत
वरिष्ठ संवादाता कृष्ण बहादुर लामिछाने,
गोरखा जिल्लामा २०७९ साल चैत्र १७ गतेबाट संञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) को सम्पुर्ण तयारी भएको छ ।
सामूदायिक र खुल्ला विद्यालय १२२ संस्थागत १२ गरि १३४ माध्यमिक विद्यालयबाट ३ हजार ८ सय ४४ जना विद्यार्थीले परीक्षा दिने भएको शिक्षा विकास तथा समन्वय ईकाई गोरखाले जनाएको छ ।
कुल ३ हजार ८ सय ४४ जना विद्यार्थीमध्ये प्राविधिक धार तर्फ ८२ जना र स्तरवृद्धितर्फ १४ जना रहेका छन् । यस वर्ष गोरखा जिल्लाबाट न्यून दृष्टि भएका ३ जना र सुस्त श्रवण भएका ९ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने भएका छन् ।
न्यून दृष्टि भएका ३ जनामध्ये १ जनाले भगवती हिमालय मावि घैरुङ बतासे परिक्षा केन्द्र र २ जनाले भिमोदय मावि आरुघाट परीक्षा केन्द्रबाट दिने भएका छन् । सुस्त श्रवण भएका ९ जना विद्यार्थीले रत्न राज्य मावि विरिङचोक परीक्षा केन्द्रबाट परिक्षा दिने भएका हुन ।
प्राविधिक धार तर्फका परीक्षा केन्द्र भिमोदय मावि आरुघाट,मनकामना मावि मनकामना र महेन्द्र मावि कुन्दुर कायम गरिएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सुवास आचार्यले जानकारी गराउनुभएको छ ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन पायक पर्ने माध्यमिक विद्यालयहरुलाई मिलाई २३ वटा परीक्षा केन्द्र बनाईएको र परीक्षा संञ्चालनको लागि २३ जना केन्द्र अध्यक्ष,३७ जना सहायक केन्द्र अध्यक्ष,५० जना परीक्षा सहायक,९० जना कार्यालय सहयोगी परीचालित हुने र प्रत्येक परीक्षा केन्द्रमा आवश्यक सुरक्षाकर्मी खटिने भएको छ ।
प्रतिक्रिया दिनुहोस