धादिङ १४ चैत्र
धादिङ बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा मंगलबार धादिङबेशीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोगमा संस्थाको २२ औँ स्थापना दिवसमा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा २३ महिला र ३२ पुरुष गरी ५५ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका सभापति दुर्लभकुमार तामाङले जानकारी दिनुभयो ।
धादिङमा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ ।
प्रतिक्रिया दिनुहोस